काठमाडौं, चैत ६ देवः विकास बैंकले आठ दशमलव ५५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजी तीन अर्ब १७ करोड ७१ लाख नौ सय २७ रूपैयाँमध्येबाट उक्त प्रतिशतका दरमा २७ लाख १६ हजार चार सय २१ दशमलव २९ कित्ता बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही फागुुन ३० गते बसेको तीन सय १५औं सञ्चालक समितिको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।