काठमाडौं, चैत ६ नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब ६० करोड रूपैयाँबराबरको साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले मंगलबारबाट एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी हाल कायम रहेको जारी पुँजी १० अर्ब रूपैयाँको १६ प्रतिशतको दरमा एक करोड ६० लाख कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो । कम्पनीका अनुसार सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको साधारण सेयरको बिक्री कार्य छिटोमा यही चैत सात गते र ढिलोमा चैत १२ गते बन्द हुुनेछ । खरिदकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।