काठमाडौं । सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँँगै’ योजना सार्वजनिक गरेको छ । उक्त योजना २०७९ चैत्र १ गतेसम्म लागू हुनेछ ।
योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ जारी गरिनेछ । यसका साथै, उक्त ग्राहकहरूलाई कार्ड वा क्यूआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा पाँच सय रुपैयाँसम्मको क्यासब्याक प्रदान गरिने बैंकले जानकारी दिएको छ । क्यासब्याक २०७९ चैत्र १७ गतेसम्म गरिने कारोबारमा लागू हुनेछ ।
बैंकले नारीहरूको सम्मानमा यो योजना ल्याएको जानकारी दिएको छ । सानिमा नारी बचत खाता अनलाइन खोल्नका लागि बैंकको वेबसाइटमा क्लिक गरी खोल्ने सकिनेछ । सानिमा बैंकको सातै प्रदेशमा एक सय ३० वटा शाखा कार्यालयहरू र एक सय २३ वटा एटीएम सञ्जालहरू सञ्चालनमा रहेका छन् ।