रोल्पा । गए राति ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु र सातजना घाइते भएका छन् । सो दुर्घटना रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा भएको थियो ।
सल्यानको कुमाक गाउँपालिका–६ का ३२ वर्षीय ट्र्याक्टरमा सवार मजदुर टोपलाल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश भुसालले जानकारी दिए । उनको राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचारका क्रममा मृत्यु भएको हो ।
सडकमा काम गर्ने मजदुरहरु चढेको रा१त १७२५ नम्बरको ट्र्याक्टर सडकबाट तल खसेको थियो । दुर्घटनामा परेका सातैजना घाइतेको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
दाङको घोराही उपमहानगरपालिका–३ का २९ वर्षीय ट्र्याक्टर चालक नवीन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।