काठमाडौं । राष्ट्रपति निर्वाचनमा मतदान गरेर निस्किने क्रममा लडेर प्रदेश सभा सदस्य गोविन्दबहादुर न्यौपाने घाइते भएका छन् ।

मधेश प्रदेश सभाको सबैभन्दा जेठो सदस्य न्यौपाने संघीय संसद भवन नयाँ बानेश्वरको भवनमा मतदान गरेर निस्कने क्रममा सिँढीमा लडेर घाइते भएका हुन् ।उनको टाउकोमा चोट लागेको छ ।

उनलाई उपचारका लागि सिभल अस्पतालमा लगिएको छ ।