काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लागि हाइजिन पार्टनरको रूपमा आफ्नो संयोजन घोषणा गरेको छ ।
युनिलिभर नेपालको एक चर्चित स्वच्छता ब्रान्ड लाइफबोयले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) पुरुष क्रिकेट विश्वकप लिग २ प्रतियोगिताको लागि आधिकारिक हाइजिन पार्टनरको रूपमा आफ्नो संयोजन घोषणा गरेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुन गइरहेको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लागि हाइजिन पार्टनरको रूपमा लाइफबोयको संयोजन खेलकुदमा स्वच्छता र सरसफाइ प्रवर्द्धन गर्न एक महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
लाइफबोयले टुर्नामेन्टको अवधिभर हात स्वच्छताको बारेमा जागरूकता प्रदान गर्नेछ । युनिलिभर नेपालको तर्फबाट लाइफबोयले नेपाल राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शन र आगामी सफलताको लागि हार्दिक शुभकामना व्यक्त गरेको छ ।
आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा आयोजना गरिएको त्रिदेशीय क्रिकेट प्रतियोगिता हो । दुबईमा सम्पन्न त्रिदेशीय शृंखलामा नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा युएई र पीएनजीसँग खेलेका चारमध्ये तीन खेलमा जित हात पारेको थियो । तीन टोलीले नेपालमा अर्काे त्रिदेशीय शृंखलाका लागि मार्च ९ देखि १६ सम्म भिड्नेछन् ।