काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड छ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा चार करोड ३५ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा एक अर्ब ६६ करोड सात लाख आठ हजार एक सय रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब पाँच करोड १८ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । प्रोभिजन रकम ७९ लाख ६२ हजार रुपैयाँ रहेको संस्थामा चार दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ५७ करोड ९३ लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४६ करोड ९२ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा प्रोभिजन रकम दुई करोड ४१ लाख २५ हजार रुपैयाँ रहेको संस्थामा तीन दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।