काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले शैलेश्वरी पावरको संस्थागत परामर्शदाताको कार्य गर्ने भएको छ । संस्थागत परामर्शदाता रूपमा कार्य गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र शैलेश्वरी पावर नेपाल प्रालिबीच सम्झौता भएकोे हो ।
उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र शैलेश्वरी पावर नेपाल प्रालिको तर्फबाट प्रबन्ध निर्देशक जगदिश बहादुर पालले हस्ताक्षर गरेका छन् । शैलेश्वरी पावर नेपाल प्रालि पब्लिक कम्पनीमा परिवर्तन भएपछि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले प्राथमिक सेयर निष्काशनको कार्य समेत गर्नेछ ।
डोटी जिल्ला पूर्वीचौकी गाउँपालिकास्थित शैलेश्वरी पावर नेपाल प्रालि प्रवर्द्धक निर्माणाधीन माथिल्लो गड्डीगाड जलविद्युत् आयोजना १.५५ मेगावाट क्षमताको ७० प्रतिशत कार्य सम्पन्न भइसकेको छ ।