काठमाडौं । प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही चैत्र १६ गते दियालो लर्डस प्लाजा वीरगञ्जमा वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब १८ करोड ६१ लाख ४४ हजार आठ सय १९ रुपैयाँमध्येबाट तीन दशमलव ३२ प्रतिशतको अनुपातमा बोनस सेयर वितरण गर्ने प्र्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
कम्पनीले सोही वार्षिक साधारणसभामार्फत कर प्रयोजनको लागि २० लाख ७५ हजार सात सय ५३ रुपैयाँबराबरको नगद लाभांश वितरण समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब २२ करोड ५५ लाख ८४ हजार एक सय ३४ रुपैयाँ पुग्नेछ ।