काठमाडौं,आन्तिरक द्वन्द्वका कारण बिभिन्न समयमा टुटफुट भएका माओवादीका बिभिन्न पार्टीहरुले आज दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् । विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्न माओवादी घटकहरुले संयुक्त पत्रकार सम्मेलन गर्न लागेको नेकपा पार्टी कार्यालय सचिव श्रिराम ढकालले सञ्चार माध्यमहरुलाई जानकारी दिएका छन् । द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि नजिकिएका माओवादी घटकहरुको फागुन २६ गते बसेको बैठकले २८ गते संयुक्त पत्रकार सम्मेलन र ३० गते अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो ।