काठमाडौ चैत ७ नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडानहरु आईतबार देखी लागु हुने गरी स्थगित गरेको छ । डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन, भारतद्धारा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचना अनुसार ती गन्तव्यको नियमित उडानहरु हाल चैत्र १६ (मार्च २९,२०२०) गतेसम्मका लागि स्थगित गरिएको छ । चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने निगमले जनाएको छ ।