काठमाडौं । वद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवको अवसरमा मेट्रो सुपर मार्केटसँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ । यस छुट अफरअन्तर्गत ग्राहकहरूले मेट्रो सुपर मार्केटमा कुनै पनि सामान खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम एक सय रुपैयाँ प्रतिकारोबार र अफर अवधि भर तीन सय रुपैयाँसम्म छुट लिन सक्नेछन् ।
स्मार्ट क्यूआरमा आबद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरूले मेट्रो सुपरमार्केटको सम्पूर्ण शाखाहरूमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् । यस अफरअन्तर्गत मेट्रो सुपर मार्केटका पेप्सीकोला, सानेपा र जोरपाटीस्थित शाखामा एनआईसी एसिया मो बैंक, आईएमई–पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, नमस्ते–पे, प्रभु–पे, सजिलो–पे, मोरु, आईक्यास, पेवेल, यन क्यास तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ ।