काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका हुन्।

गत फागुन २५ गते बिहीबार पौडेल राष्ट्रपतिमा निर्वाचित भएका थिए। पौडेलले ३३ हजार ८०२ मतभार ल्याएका थिए । उनले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई पराजीत गरेका थिए।