काठमाडौं । सेयर बजार परिसुचक सामान्य अंकले उकालो लागेको छ । यसअघि लगातार ओरालो लागेको सेयर बजार साताको तेस्रो कारोबार दिन आज मंगलबार भने एक दशमलव ८५ अंकले उकालो लागेर १९ सय ५३ दशमलव शुन्य छ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव १७ अंकले ओरालो लागेर तीन सय ६८ दशमलव ३२ अंकमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५५ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २६ हजार चार सय ७३ पटकको कारोबारमा ३३ लाख १८ हजार एक सय आठ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम एक अर्ब १३ करोड ५९ लाख २५ हजार तीन सय ५७ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये पाँच वटा उपसमुमहरुको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।