काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सूचना अधिकारी प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार उच्च अदालत पाटन, ललितपुरबाट कैद, जरिवाना तोकिई फरार रहेका प्रतिवादी पुरन बहादुर घलेलाई पक्राउ गरिएको हो ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन, ललितपुरको २०७९ पुस २४ गतेको फैसलाले बिगो ३६ लाख ८८ हजार जाहेरवालालाई भराई बिगोबमोजिम ३६ लाख ८८ हजार रुपैयाँ जरिवाना, क्षतिपूर्ति शुल्क एक लाख ४७ हजार पाँच सय २० रुपैयाँ राहत कोषमा जम्मा गराई आठ दिन कैद हुने ठहर भई हालसम्म फरार रहेका प्रतिवादी घलेलाई बुधबार काठमाडौं बूढानीलकण्ठ न.पा.वडा नं. ६ खड्क भद्रकालीबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले बताए ।
पक्राउ परेका घलेलाई बुधबार नै फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पठाइएको जानकारी राठौरले दिए ।