बिभिन्न समयमा ब्यापारिदेखी नेताहरुले समेत सरकारी जग्गा कब्जा गरेका विवरणहरु सार्वजनिक भएका थिए । तर अहिले सरकारी जग्गा एनजीओले पनि कब्जा गरेर बसेको तथ्या सार्वजनिक भएको छ । काठमाडौंको कपनमा रहेको बाल विकास समाज नामको गैरसरकारी संस्थाले सरकारी जग्गा कब्जा गरेको थाहा भएको छ । उक्त सस्थाले करिब साढे ३ रोपनी जग्गा कब्जामा लिएर संस्था चलाएको छ । २०६२/६३ सालमा राजनीतिक संक्रमण कालको समयमा सरकारी कर्मचारिहरुलाई प्रलोभनमा पारेर उक्त जग्गा आफ्नो नियन्त्रणमा लिएको पाईएको छ । बिभिन्न विदेशी संस्थाहरुले बालबालिकालाई भनेर आर्थिक सहयोग गरेपनि उक्त संस्थाले निशुल्क शिशु स्याहारका नाममा पछिल्लो समय शुल्क लिने गरेको पनि पाईएको छ ।