पोखरा,सेवाग्राहीसँग घुस लिईसकेको अबस्थामा सव इन्जिनियर अख्तियारको फन्दामा परेका छन् । पोखरा महानगरपालिका वडा न.२८ कार्यालयमा कार्यरत सव इन्जिनियर प्रविन वि.कले बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस माग गरेको सूचना अख्तियारमा परेपछि अख्तियारको पोखराको टोलीले वि.क लाई सेवाग्राहीबाट पन्ध्र हजार रुपैयाँ घुस लिइसकेको अबस्थामा पोखरा महानगरपालिका वडा न. १४ चाउथेबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियारले बताएको छ ।