काठमाडौं । नेपालमा अनर उत्पादनका लागि आधिकारिक राष्ट्रिय वितरक सेलट्रोन नेपाल प्रालिले नेपालमा सस्तो मूल्यमा आफ्नो एन्ट्री लेभल फोन अनर एक्स५ सार्वजनिक गरेको छ । दुई जीबी -याम र ३२ जीबी इन्टरनल स्टोरेज क्षमताको मेमोरी भएको उक्त फोनको मूल्य ११ हजार नौ सय ९० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
नवीनतम प्रविधिको साथ डिजाइन गरिएको अनर एक्स५ मा पाँच हजार एमएएच क्षमताको ब्याट्री, ६.५ इन्चको अनर फुल भ्यु डिस्प्ले, मिडियाटेक हेलियो जी२५ अक्टाकोर प्रोसेसर, दुई जीबी ¥याम र ३२ इन्टरनल स्टोरेज क्षमता, आठ मेगापिक्सेल प्रमुख क्यामेरा र पाँच मेगापिक्सेल सेल्फी क्यामेराजस्ता आकर्षक फिचरहरु छन् ।
अनर एक्स५ १५ लाई नेपालभरका खुद्रा स्टोरहरू र दराज अनलाइन सपिङबाट पनि किन्न सकिने कम्पनीले जनाएको छ । यस्तै कम्पनीका अन्य मोडलहरु पनि बजारमा उपलब्ध छन् ।