काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको दिने निर्णय गरेको छ । पार्टी कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । एमाले र राप्रपाले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार संसदमा विश्वासको मत लिँदैछन् । हिजो बसेको १० दलीय गठबन्धनले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको थियो । आज काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।