काठमाडौं,त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार श्याम ओझा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरी ओझा सभापतिमा विजयी भएका हुन् । उनले ९६२ मत ल्याएर निर्वाचित हुँदा अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत पाएका छन् । कीर्तिपुरको स्ववियु निर्वाचनमा ३ हजार ३ सय ३९ मध्ये २ हजार ७६ मत खसेको थियो ।