सर्लाही । विष्णु गाउँपालिका-५ फेन्हराबाट अवैध लागूऔषध गाँजा ४ किलोग्राम र भारतीय रूपैयाँ १२ हजारसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढी सुपी थाना मोहनी मंडल पोष्ट मोहनी मंडल ग्राम-५ बस्ने २७ वर्षीय ईन्द्रजित कुमार यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय फेन्हरा र बीओपी फेन्हराबाट खटिएको संयुक्त प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई आइतबार उक्त परिमाणको लागूऔषध र भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।