काठमाडौं । नेपाल नेत्रज्योति संघ बाग्लुङ, आँखा सेवा केन्द्र बुर्तिवाङ, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र ढोरपाटन नगरपालिकाको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविरसम्पन्न भएको छ । फागुन २९ गतेदेखि चैत १ गतेसम्म प्राथमिक स्वास्थ्य केन्द्र ढोरपाटनमा सञ्चालन गरिएको शिविरमा ६८ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो भने छ सय ६८ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।
नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण कोही पनि अन्धोपनमा जीवन बिताउन नपरोस् भन्ने हेतुले पछिल्लो समय हुनेसँग लिने र नहुनेलाई सेवा दिने उद्देश्यले स्थानीय सरकारसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।