काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्ने आह्वान गरिएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा बैठक बस्न लागेको हो ।
बैठक यही चैत ७ गते मङ्गलबार बस्ने गरी आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिएका छन् । उनका अनुसार विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । जसपाले विधान संशोधनका लागि विधेयक तयार पारिसकेको जनाइएको छ ।
चैत १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिएको थापाले बताएका छन् । यही चैत २७, २८ र २९ गते जसपाले विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।