भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित मझेरी क्याफेमा जुवातास तास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।
साँगाचोक गढी नगरपालिका-९ घर भई काठमाडौं नरेफाँट बस्ने ३९ वर्षीय दिलिप गिरीको क्याफेबाट गिरी समेत १६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४२ हजार ८ सय ५० रुपैयाँ, भारतीय रूपैयाँ ४८ हजार ५ सय र १६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूमध्ये १३ जना ४० वर्षभन्दा कम उमेर समूहका रहेका र २ जना भारतीय समेत रहेको खुलेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।