काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिन भित्रै मन्त्रिपरिषदले पूर्णता पाउने कुरा बताएका छन्। मन्त्रालय बाँडफाँटको विषयमा सत्तारूढ दलबीच किचलो बढिरहेका बेला शनिबार ललितपुर चेम्बर अफ कमर्सले गरेको कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रिपरिषदले पूर्णता पाउने बताए।
ललितपुरमा शनिबार एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे । मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरूसँग निरन्तर संवादमा रहिरहने उनले जानकारी दिए।
एक दुईभित्रै मन्त्रिपरिषद विस्तारले पूर्णता पाउँछ । त्यसपछि हामी यसबारेमा आवश्यक परामर्श सम्बन्धित सबै संस्था, निकाय र व्यक्तिहरु पनि गरेर एउटा दिशामा प्रभावकारी ढंगले कदम चाल्ने गरी अगाडि बढनेछौं ।’ उनले भने ।