संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस अर्थ सहति ८ मन्त्रालयल लिएर सरकारमा सहभागी हुने भएको छ । सनिबार बसेको पदाधिकारी बैठकमा उपसभापति पूर्णबहादुर खड्काले उक्त कुराको ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई अर्थ मन्त्री सहित ७ मन्त्रालय मात्र लिएर सरकारलाई सहयोग गर्न आग्रह गरेको समाचार स्रोतले बताएको छ । नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्का,पूर्वमहामन्त्री प्रकाशमान सिंह र विमलेन्द्र निधि मध्य एकजनाको नेतृत्वमा सरकारमा जाने तयारी गरेको बुझिएको छ ।