काठमाडौं । आर्थिक राष्ट्रिय दैनिकका उपसम्पादक सुरेश राउतलाई मातृशोक परेको छ । उपसम्पादक राउतकी आमा भगवती माया राउतको ६२ वर्षको उमेरमा शनिबार नेपाल–कोरिया मैत्री अस्पताल मध्यपुरथिमीमा निधन भएको छ ।
दम रोगबाट समेत पीडित भगवती मायालाई हार्टअट्याक भएपछि केही दिनअगाडि उक्त अस्पतालको आईसीयू कक्षमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि भेन्टिलेटरमा राखेर समेत उपचार गरिएको थियो । उपचारकै क्रममा शनिबार साँझ निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
स्व. भगवती मायाका तीन छोरा छन् । उपसम्पादक सुरेश स्वर्गीय भगवती मायाको माइलो छोरा हुन् । स्व. भगवती मायाको शनिबार नै अन्तिम संस्कार गरिएको छ ।