काठमाडौं । ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पियनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरू र ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टका सदस्यहरूले एनएमबी बैंकको भ्रमण गरेका छन् ।
एनएमबी बैंकको ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टसँगको सहकार्यमा भएको प्रगतिबारे अवलोकन गरी एनएमबी बैंकले कार्यान्वयन गर्दै आइरहेको दिगो बैंकिङ अभ्यासबारे भ्रमण टोलीले जानकारी लिएको बैंकले जानकारी दिएको छ ।
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भ्रमण टोलीलाई बैंकको दिगो बैंकिङ अभ्यास कार्यान्वयनपश्चात् भएको प्रगति विवरणबारे जानकारी गराएका थिए । सो क्रममा केसीले नेपालको दिगो तथा समावेशी आर्थिक विकास बीच रहेको स्रोत साधन आपूर्ति गर्न ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्ट जस्ता संस्थाले प्रदान गर्ने अनुदान महत्वपूर्ण हुने बताएका थिए । भ्रमणमा सहभागी प्रतिनिधिहरूले बैंकले जलविद्युत् परियोजनामार्फत समुदाय विकासमा पु-याएको योगदानको प्रशंसा गरेको बैंकले जनाएको छ ।