कपिलवस्तु । आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको अभियोगमा बुद्धभूमि नगरपालिका-१ बाबाकुटी बस्ने २३ वर्षीय जीवन केसीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

जीवनले दाउराको चिर्पट प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।