काठमाडौं । भक्तपुर सूर्यविनायक राममन्दिरनजिकै रहेको ओम शान्ति टेलरिङले छ हजार पाँच सय रुपैयाँमै सुट–पाइन्ट तयार गरेर बिक्री गर्ने भएको छ । ओम शान्ति टेलरिङले सबै खालका ग्राहकहरुको पहुँचमा सुट पाइन्ट पुगोस्, रहरको पहिरन सबैले लगाउन सकून् भन्ने हिसाबले सुलभ दरमा सुट–पाइन्ट बिक्री गर्न लागिएको सञ्चालक झरिलाल खङ्गले बताए ।
उनले भने, ‘हामी ६,५०० रुपैयाँमै कोर्ट–पेन्ट, सर्ट, टाइ ग्राहककै रोजाइका कपडा र उनीहरुकै रोजाइको डिजाइनमा सिलाएर दिनेछौँ ।’ खङ्गले आफूले धेरै सोचेर यो खालको अफर ग्राहकसमक्ष ल्याएको बताए । उनले भने, ‘हामीले दिएको दर र गुणस्तर एवं आधुनिक प्रविधिजनित सेवा सुविधा अरुले अहिलेसम्म दिएका छैनन् ।’