अमेरिका । साना अमेरिकी बैंकहरुमा राखिने निक्षेप रकम कीर्तिमानी दरले घटेको छ । रोयटर्सका अनुसार मार्च १० मा सिलिकन भ्याली बैंक डुबेसँगै साना बैंकहरुको निक्षेप घटेको फेडेरल रिजर्भको तथ्यांकले देखाएको हो ।
मार्च १५ मा सकिएको सप्ताहान्तमा साना बैंकहरुको निक्षेप एक खर्ब १९ अर्ब अमेरिकी डलरले घटेर ५४ खर्ब ६० अर्ब डलर पुगेको छ । यसअघिको गिरावटको तुलनामा यो दोब्बरभन्दा धेरै कम भएको बताइएको छ । यसअघि सन् २००७ को मार्च १६ मा सकिएको सप्ताहान्तमा ठूलो गिरावट देखिएको थियो । फेडको साप्ताहिक डेटाअनुसार बरोइङ (सापटी) साढे दुई खर्ब डलरले बढेर छ हजार छ सय ९६ खर्ब डलर पुगेको छ । साना बैंकहरुमा २५ वटा ठूला वाणिज्य बैंक पर्छन् ।
सिलिकन भ्याली बैंक डुबेपछि केही घण्टाभित्रै बैंकहरुका निक्षेपकर्ताहरुले अर्बौँ डलर निकालेका थिए । यता ठूला अमेरिकी बैंकको डिपोजिट ६७ अर्ब डलरले बढेर १०७ खर्ब डलर पुगेको तथ्यांकले देखाएको छ । कुल अमेरिकी डिपोजिट भने सन् २०२० र सन् २०२१ को सुरुतिर ह्वात्तै बढे पनि घटेको देखिएको छ ।