काठमाडौं । सोमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्यालीसहितको विरोध प्रदर्शन गरिएको छ । संविधान र कानुनविपरीत सुकुम्बासीहरूलाई उठिबास लगाउने काम गरेको भन्दै मेयर शाहविरूद्ध सोमबार विरोध प्रदर्शन गरिएको हो ।
मेयर बालेन शाह आफूहरूलाई उठिबास लगाउने काममा लागेपछि त्यसको विरोधमा सुरू गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए।
उनले भूमिहीनहरूलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिकाका मेयर शाहले गरिरहे आफूहरु कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए। विरोध प्रर्दशनमा पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःशर्त रिहा गर्नुपर्ने उनीहरुले माग गरेका थिए ।