काठमाडौँ । गृह मन्त्रालयले चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिस गरेको छ। सोमबार बिहान बसेको बढुवा समितिको बैठकले डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । उनीहरु गत असार १४ गते डीआईजीमा बढुवा हुँदाको वरियता अनुसार नै एआईजी बढुवामा परेका छन् । यही चैत ११ गतेदेखि एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी र दिवेश लोहनीले अवकास पाएका थिए भने वसन्त कुँवर आईजीपी भइसकेका छन् । गत असारमा १७ जना एकैसाथ डीआईजीमा बढुवा भएका थिए। उनीहरूभन्दा अघिल्लो वरियतामा रहेका टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी भएका छन् । No description available.