जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण हुने भएको छ । दुई अर्ब ५० करोड रुपैयाँ बराबरको लगानीमा चार वर्ष भित्रमा उक्त रङ्गशाला बनाईने भएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र जनकपुरधाम उपमहानगर पालिकाका मेयर मनोज कुमार साहले जनकपुरधाम उपमहानगरको वडा नंं १४ स्थित रजौलमा बन्न लागेको रङ्गशालाको निरीक्षण गरि चार वर्ष भित्रमा रंगशाला निर्माण हुने प्रतिबद्धता समेत जनाएका छन । सो रंगशाला निर्माणको लागी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणका क्रममा जनकपुरधामको विकासका लागि दिने भनेर घोषणा भएको १ अर्ब भारतीय रकम खर्च गरिने मुख्यमन्त्री यादवले बताए । यस्तै उनले बाँकी रकम प्रदेश सरकारले बिनियोजन गर्ने प्रतिवद्धता जनाए । सो रङ्गशालाको निर्माण गरेर ११औँ राष्ट्रिय खेलकुद जनकपुरधाममा नै गर्नका लागि प्रयास गर्ने उनको भनाई थियो । यस्तै रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण जिम्मा जनकपुरधाम उपमहानगरलाई दिने पनि मुख्यमंत्री यादवले बताए ।