काठमाडौं । भूमिहीन सुकुम्बासीहरूले मंगलबार माइतीघरमा प्रदर्शन गरेका छन् ।

काठमाडौं महानगरपालिकाले सुकुम्बासीहरुलाई वाग्मती नदी किनारबाट सात दिनभित्र हट्नुपर्ने भनेपछि उनीहरु आन्दोलित भएका हुन्। माइतीघरमा उनीहरुले महानगरविरुद्ध प्रदर्शन गरेका छन् ।

उनीहरुले बसोबासको अधिकार सुनिश्चित हुनुपर्ने, पक्राउ परेका भूमि अभियन्ताहरुलाई रिहा गर्न लगायतका माग राखेका छन्।