काठमाडौं,सरकारले मिटरब्याजीहरुलाई कानुनी दायरामा ल्याई कारबाही गर्न कानुन संशोधन गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटर ब्याज लगाउनेलाई कारबाही गर्नेगरी कानुन निमार्ण गर्ने निर्णय गरेको थाहा भएको छ । काठमाडौंमा आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरुका समस्या बुझन सरकारले वार्ता समिति समेत गठन गरेको छ । चौतर्फि आलोचना भएपछि सरकारले वार्ताको ढोका खोलेको हो । पिडीतहरुको आन्दोलनलाई बिभिन्न दलका नेताहरुले समेत समर्थन गरेका छन् ।