काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सांसद शरत सिंह भण्डारी मन्त्री बन्ने भएका छन् । एक मन्त्रालय पाएको लोसपाले भण्डारीलाई मन्त्री बनाउने भएको हो ।
महाेत्तरी–२ बाट निर्वाचित उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने लगभग पक्का भएकाे लाेसपा स्राेतले जानकारी दिएकाे छ । यसपटक प्रचण्ड सरकारमा मन्त्री बने उनी १६औँ पटक मन्त्री बन्नेछन् ।
सत्तारूढ गठबन्धनबीच नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय लिने सहमति भएको छ ।
प्रधानमन्त्री षुष्पकमल दाहाल प्रचण्डले आजै साँझ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । नयाँ मन्त्रीहरूकाे शपथ पनि आजै हुने भनिएकाे छ ।