काठमाडौं । आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार एजेन्टहरुमार्फत अब हवाइ यात्रुले सजिलै अन्तर्राष्ट्रिय हवाइ टिकट किन्न पाउने भएका छन् ।
यस सेवामार्फत देशभरि छरिएर रहेका आइएमईका हजारौँ साझेदार एजेन्ट्ससँग यात्रुहरुले सुपथ मूल्यमा अन्तर्राष्ट्रिय हवाइ टिकट खरिद गर्न सक्नेछन् । यसको साथै साझेदार मित्रहरुले आफ्नो ‘आईएमई–एजेन्ट पोर्टल’ मार्फत नै अन्तर्राष्ट्रिय हवाई टिकटको मुल्य, उडानको तालिका हेर्न तथा तुलना गर्न सक्ने व्यवस्था मिलाइएको छ । यस सेवा मार्फत समग्र पर्यटन उद्योगको विकास तथा प्रवर्द्धनमा टेवा पुग्ने बिश्वास आइएमई ग्रुपको छ ।