काठमाडौं । नेपाली कांग्रेसले बारा–२ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले वैशाख १० गते हुने उपनिर्वाचनका लागि लागि जसपालाई सहयोग गर्ने निर्णय गरेको हो । बारा–२ मा जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदैछ । यादवको नाम सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ । यस्तै , जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उठाउने निर्णय गरेको छ भने लोसपाबाट राजेन्द्र महतो उम्मेदवार बन्ने छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व डीआईजी रमेश खरेललाई उठाउने भएको छ ।