काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गर्ने भएको छ । राससका अनुसार प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सभापति चित्रबहादुर केसीले उक्त मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । उक्त नियमावली मस्यौदा समितिको प्रतिवेदन दफावार छलफलपछि पारित गरिनेछ ।