काठमाडौ, हामी मानवता वचाउँ (वी सेभ ह्युमानिटी) संस्थाको चौथों वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्कृतविद दिनवन्धु अर्यालको प्रमुख आतिथ्यतामा शनिबार संस्थाको साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा कोटेश्वर समाज सुधार युवा क्लबका अध्यक्ष सुबास रिमाल, सामुदायिक समाज एवं बिकास केन्द्रका महासचिव रबिन्द्र थापा, सामुदायिक प्रहरी सेवा केन्द्र महादेवस्थानकी सहायक कार्यालय प्रमुख सन्तोषी खड्का, आत्माज्ञान प्रचार प्रसार कोटेश्वर उपशाखाको प्रचार सहायक तारा तंडुकार लगायत बिभिन्न समाजसेवी ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका विशिष्ट सल्लाहकार यमलाल खनालले उपस्थित व्यक्तिहरुलाई स्वागत गरेका थिए भने संस्थाको केन्द्रिय कार्यवाहक अध्यक्ष दिनेशराज सुवेदीले संस्थाको उद्देश्य र स्थापना कालदेखी अहिलेसम्म गरिएको सामाजिक मानवीय कार्यहरुको बारेमा जानकारी गराएका थिए ।
यस्तै संस्थाका संरक्षक श्रीराम लम्सालबाट संस्थामा आवद्ध आजिवन सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । साथै प्रमुख अतिथी लगायत सम्पूर्ण अतिथिहरुलाई संस्थाको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो ।