काठमाडौं । अशोक लेल्यान्डले पोखरामा आफ्नो स्टाइलिस, बेस्ट–इन–क्लास शोरुम र स्टेट–अफ–द–आर्ट सर्भिस सेन्टरको सुरुवात गरेको छ । आईएमई मोटर्स÷अशोक लेल्यान्डले नेपाली बजारमा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने अर्को थप कदमको रुपमा यो कार्य अगाडि बढाएको कम्पनीले जनाएको छ ।
नयाँ सुविधायुक्त सेवा पोखरा–बाग्लुङ राजमार्गको पस्र्याङमा छ । छिटो र भरपर्दो ‘बिक्रीपछिको सेवा’ उपलब्ध गराउने उद्देश्यका साथ पहुँच र उपलब्धताको हिसाबले अशोक लेल्यान्डको देशभर उत्कृष्ट नेटवर्क उपलब्ध छ । अशोक लेल्यान्डका यस्ता आउटलेट देशभर १८ वटा छन् भने निकट भविष्यमै चारवटा आउटलेट थप गरिने कम्पनीले जनाएको छ ।
अत्याधुनिक शोरुमले अग्रणी ब्रान्ड अशोक लेल्यान्डका फुल रेन्ज सवारीसाधन उपलब्ध गराउनेछ । ग्राहकले आफ्नो अनुकूलताअनुसार विभिन्न मोडलको स्पेसिफिकेसन तथा फिचर तुलना गरी आफूलाई उपयुक्त सवारीसाधन छनोट गर्न सक्नेछन् । आधिकारिक सर्भिस सेन्टर, पीके ट्रेडिङसँग अनुभवी तथा तालिमप्राप्त र सीपयुक्त प्राविधिकहरुको समूह रहेको कम्पनीले जनाएको छ ।
आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले कम्पनीका आउटलेटहरूले ग्राहकहरुलाई सजिलो र सहज पहुँच प्रदान गर्ने मात्र नभई ग्राहकहरूलाई विश्वस्तरको अनुभव दिने बताए ।