काठमाडौं । इ–कमर्स प्लेटफर्म बिजबजारले ‘२० मा बिज’ योजनाअन्तर्गत विभिन्न सामान खरिद गर्दा ६५ प्रतिशतसम्म छुट दिने भएको छ । ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालनमा रहेको बिजबजारले प्रत्येक महिनाको २० गते ‘२० मा बिज’ नामक क्याम्पेन सञ्चालन गर्दै आएको छ ।
सोही योजनाअन्तर्गत चैत महिनाको अभियान नयाँ वर्षलाई लक्षित गरी सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ । अभियान चैत १९ गते राति १२ बजेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ । यस्तै कम्पनीले सोमबार अपराह्न ६ बजेदेखि आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गर्ने भएको छ । जहाँ भाग्यशाली विजेताहरूले विभिन्न उपहार जित्न सक्नेछन् ।
कम्पनीका अनुसार ‘२० मा बिज’ योजनाअन्तर्गतको फेसन नयाँ वर्ष, नयाँ स्टाइल योजनामा ६० प्रतिशतसम्म, ग्याजेटमा योजनामा ६५ प्रतिशतसम्म, घरायसी उपकरण योजना र होम एण्ड डेकोर योजनामा ५० प्रतिशतसम्म छुटसहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् । साथै सेवाग्राहीहरूले चैत २० गतेको प्रत्येक अर्डरमा नेपालभरि डेलिभरी शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।