ललितपुर कुपण्डोेलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुदाँ ठुलो क्षेती भएको छ । सोमबार बिहान ४ः ४७ मा लागेको आगो नेपाल प्रहरीको सक्रियतामा ५ः१८ बजे नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।

आगलाली हुँदा ७ वटा चारपांग्रे गाडी,३ वटा मोटरसाइकल र ३ वटा स्कुटर जलेका छन् ।आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण संकलनको काम पनि भइरहेको प्रहरीले बताएको छ ।