तनहुँ । तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् । उम्मेदवारी दर्ता अघि कोणसभा गरेको कांग्रेसका नेता कार्यकर्ता अपराह्न महामन्त्री गगन थापासहित उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेका हुन् । भट्टराईका प्रस्तावकमा कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल र समर्थकमा नेपाली कांग्रेस महासमिति सदस्य एवं गण्डकी प्रदेश कार्य समिति सदस्य सरिता गुरुङ रहेका छन् । यसअघि नेकपा (एमाले)का सर्वेन्द्र खनाल, राप्रपाकी शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना उम्मेदवारी दर्ता गराइसकेका छन् ।