काठमाडौं । एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले नयाँ वर्षलाई लक्षित गरेर ‘टीसीएल नगदवृष्टि’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकहरुले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट र उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले ग्राहकहरुका लागि चैत १४ गतेदेखि नै यो योजना सीमित अवधिका लागि नेपालभर सञ्चालन गरिरहेको जनाएको छ । ग्राहकहरुले टीसीएलका कुनै पनि सामानको खरिदमा नगद ६१ हजार तीन सय रुपैयाँसम्मको छुट पाउन सक्नेछन भने वासिङ मेसिन खरिदमा नगद छुटका साथै ६ केजीको एरिएल म्याटिक वासिङ पाउडर उपहार पनि पाउन सक्नेछन् । त्यसैगरी एअर कन्डिसनरको खरिदमा नगद छुटका साथै चार हजार रुपैयाँबराबरको निःशुल्क एसी जडान सुविधा पाउन सक्नेछन् ।