काठमाडौं । नेपाल बैंकर्स संघले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर पछिल्लो समय बैंकप्रति बन्ने गरेका नकारात्मक धारणाबारे अवगत गराएको छ । यस्तै घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा, तरलता अभाव, ब्याजदरलगायतका विषयमा समेत जानकारी गराएको छ । संघले अर्थमन्त्री डा. महतसमक्ष वित्तीय स्थायित्व र आर्थिक विकासका लागि सरकारलाई सघाउने प्रतिबद्धता जनाएको छ ।
भेटमा संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा पु¥याएको योगदानको बारेमा स्मरण गराएका थिए । उनले पछिल्लो समय देखापरेका चुनौतीहरूको बारेमा समेत जनाकारी गराएको संघले जनाएकोे छ । अर्थमन्त्री डा. महतले बैंक तथा वित्तीय संस्थाहरू आर्थिक विकासमा गरेको योगदानको प्रशंसा गर्दै अहिले देखापरेका चुनौतीहरूको सहज समाधानका लागि एकजुट भएर काम गर्न आग्रह गरेका छन् ।