सुर्खेत । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुव्वा गुरुङले पत्रकारसँग कुरा गर्दै सरकारले हनिमुन बिताइसके पनि मन्त्रीपरिषद् लाई पूर्णता दिन असफल भएको बताएका छन् । दक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना नरहेको भन्दै उनले भूराजनीतिक अवस्था अझ जटिल बन्दै गइरहेको बताए ।
'देशको आर्थिक, सामाजिक क्षेत्र निकै कमजोर भइरहेको छ, तर सरकाले ध्यान दिएको छैन । एमालेसामु यस्ता खालका विषयमा रचनात्मक कामहरू गर्ने जिम्मेवारी रहेको छ।' उनले भने । भीम रावलको विवादबारे उनले ग्रासरुट अभियान र निर्वाचनमा असहयोग भएको बताए । रावललाई मूल प्रवाहमा ल्याउनका लागि वार्ता टोली बनाइएको उनले बताए। उनले अब एमाले सरकार बनाउने र ढाल्ने पक्षमा नरहेको समेत दाबी गरे ।