सप्तरी,जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई प्रहरी निरीक्षकले हातपात गरेर घाइते बनाएपछि जसपाका नेता कार्यकताहरुले सप्तरीको राजविराजमा प्रदर्शन गरेका छन् । महदेवा गाउँपालिको एउटा विवादको मुद्दालाई लिएर प्रहरी कार्यालयमा छलफल राखिएको थियो । छलफलमा विवाद भएपछि प्रहरी निरीक्षक नविन थापाले जसपा जिल्ला अध्यक्ष समेत रहेका केदारप्रसाद यादवलाई हातपात गरेका थिए । यादवको टाउकोमा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।