काठमाडौँ । बुधबार दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ ।

बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिने र पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।